बिएल संवाददाता
पूर्वमन्त्री गजेन्द्रबहादुर हमालले भर्खरै सम्पन्न नेपाली काँग्रेसको महासमिति बैठकमा हिन्दुराष्ट्र कायम गरिनुपर्ने विषय महासमितिमा प्रवेश भएको तर त्यस विषयमा कुनै निर्णय हुन नसकेको भन्दै महासमिति सदस्य पदबाट राजीनामा दिएका छन्।
बाँके क्षेत्र नं. २ बाट चौधौं महाधिवेशनबाट महासमिति सदस्य निर्वाचित भएका हमालले फागुन ७ देखि १० गतेसम्म चलेको महासमिति बैठका दौरान हिन्दुराष्ट्र कायम हुनुपर्ने विषयमा महासमिति सदस्यहरुले चलाएको हस्ताक्षर अभियानलाई सम्बोधन नगरिएको भन्दै महासमित पदमा बसिरहन उचित नभएको बताएका हुन्।
बाँके काँग्रेसका पूर्वसभापतिसमेत रहेका उनले महासमिति बैठक सुरु हुनु पहिले हिन्दुराष्ट्र घोषणाको अभियानलाई पार्टीले साथ नदिए महासमिति सदस्यबाट राजीनाा दिने घोषणा गरेका थिए।

यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया