बिएल संवाददाता
आइसिसी लिग- २ अन्तर्गत तेस्राे खेलमा नेपाल नामिवियासँग पराजित भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले नेपाललाई २ विकेटले पराजित गरेकाे हाे। नेपालले दिएकाे १६९ रनकाे लक्ष्य नामिवियाले ३९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।
नामिवियाकाे जितमा कप्तान जर्हार्ड इरास्मुसले अर्धशतक प्रहार गरे। उनले ८ चाैका र २ छक्काकाे मद्दतमा ५२ रन बनाए।
त्यस्तै मिचेल भान लिङ्गेनले ३१, जे-जे स्मितले अविजित ३४ रन प्रहार गरे।
नेपालका कुशल भुर्तेलले ३ तथा दीपेन्द्रसिंह ऐरी, राेहित पाैडेल, ललित राजवंशी र कुशल मल्लले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपाल ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनाएकाे थियाे।
नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले ६४ बलमा ८ चाैका र १ छक्काकाे मद्दतले ५८ रन प्रहार गरे।
त्यस्तै कुशल मल्लले ३६ र भीम सार्कीले २६ रन प्रहार गरे।
नेपाल पहिलाे खेलमा पनि नामिवियासँग पराजित भएकाे थियाे।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया