बिएल संवाददाता
आइसिसी लिग- २ अन्तर्गत तेस्राे खेलमा नेपाल नामिवियासँग पराजित भएकाे छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिवियाले नेपाललाई २ विकेटले पराजित गरेकाे हाे। नेपालले दिएकाे १६९ रनकाे लक्ष्य नामिवियाले ३९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गर्याे।
नामिवियाकाे जितमा कप्तान जर्हार्ड इरास्मुसले अर्धशतक प्रहार गरे। उनले ८ चाैका र २ छक्काकाे मद्दतमा ५२ रन बनाए।
त्यस्तै मिचेल भान लिङ्गेनले ३१, जे-जे स्मितले अविजित ३४ रन प्रहार गरे।
नेपालका कुशल भुर्तेलले ३ तथा दीपेन्द्रसिंह ऐरी, राेहित पाैडेल, ललित राजवंशी र कुशल मल्लले समान १-१ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नेपाल ३७.१ ओभरमा अलआउट हुँदै १६८ रन बनाएकाे थियाे।
नेपालका ओपनर आशिफ शेखले अर्धशतक प्रहार गरे। उनले ६४ बलमा ८ चाैका र १ छक्काकाे मद्दतले ५८ रन प्रहार गरे।
त्यस्तै कुशल मल्लले ३६ र भीम सार्कीले २६ रन प्रहार गरे।
नेपाल पहिलाे खेलमा पनि नामिवियासँग पराजित भएकाे थियाे।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया