ओलीकाे आरोप- गठबन्धनको असफलताले देश संकटमा पर्‍याे

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ गठबन्धन पूर्णत असफल भएको बताएका छन्।

मंगलबार एमालेको केन्द्रीय कमिटीको बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दै उनले गठबन्धनको असफलताले देश संकटमा परेको आरोप लगाए।

गठबन्धनको काम एमालेविरुद्ध गतिविधि गर्नु रहेको आरोप लगाउँदै उनले गठबन्धनको असफलताले देशको आर्थिक, सामाजिक, शैक्षिक तथा कृषि क्षेत्रमा संकट देखापरेको बताए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत आफ्नो एक वर्षको समीक्षा गर्दा आफू सुध्रिने बताएको भन्दै उनले गठबन्धन पूर्ण असफल भएको आरोप लगाए। 

प्रकाशित मिति: : 2024-02-20 13:26:00

प्रतिकृया दिनुहोस्