समाजवादी मोर्चाको बैठक बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

माओवादी नेतृत्वको समाजवादी मोर्चाको बैठक बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको मोर्चाको बैठक लामो समय पछि आज बस्न लागेको हो। 

बैठक बिहान ८ बजे बस्नेछ। बैठकमा मोर्चाको आगामी कार्यक्रम र समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

सो मोर्चामा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्रसहित, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्द रहेका छन्।

प्रकाशित मिति: : 2024-02-18 07:53:00

प्रतिकृया दिनुहोस्