बेलायती राज्यमन्त्रीकाे भ्रमणका क्रममा ‘समान पेन्सन’काे विषयमा छलफल हाेस्- गेसाे

गाेर्खा भूतपूर्व सैनिक संघ (गेसाे)ले बेलायती राज्यमन्त्री एन्ड्यू मिचेलकाे नेपाल भ्रमणअघि समान पेन्सनकाे विषयलाई स्मरण गराएकाे छ। गेसाेले विज्ञप्ति नै जारी गरेर मिचेलकाे भ्रमणका क्रममा समान पेन्सनका विषयमा छलफल हुनुपर्ने बताएकाे छ।

गेसाे सभापति कृष्णकुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ, ‘बेलायती विदेशमन्त्रीकाे भ्रमण-वार्तामार्फत् गाेर्खा समुदायका समान पेन्सनलगायतका सम्पूर्ण समस्याहरु सधैंका लागि तल्काल समाधान गर्ने विषयमा केन्द्रित हाे।’

गेसाेले भूतपूर्व सैनिकका समस्याहरु समाधानका लागि पटक-पटक वार्ता भएकाे तथा हालसम्मका वार्ताहरु निष्कर्षविहीन भएकाे उल्लेख गरेका छन्। साथै यही फेब्रुअरी २१ तथा मार्च २७ मा वार्ता हुने तय भइसकेकाेले उक्त वार्तालाई निष्कर्षमा पर्याउनमा सहयाेग हुने गरी राज्यमन्त्रीले नेपाल सरकारसँग छलफल गर्नुपर्ने गेसाेकाे भनाइ छ।

गेसाेले यसअघि पनि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएर ६ महिनभित्र समस्या समाधान हुने गरी काम गर्न अनुराेध गर्दै अन्यथा कडा आन्दाेलनमा जाने चेतावनी दिएकाे थियाे।

विज्ञप्ति: 

 

प्रकाशित मिति: : 2024-02-14 20:01:00

प्रतिकृया दिनुहोस्