बद्री केसीले जिते परराष्ट्रविरुद्धकाे मुद्दाः एनआरएनएको नवीकरण नराेक्न परमादेश

File Photo
File Photo

उच्च अदालत पाटनले परराष्ट्र मन्त्रालयविरुद्ध गैरआवासीय नेपाली संघ (एनआरएनए)ले दायर गरेको रिटमा परमादेश जारी गरेकाे छ।

बुधबार हरिप्रसाद पौडेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले परराष्ट्र मन्त्रालयले अनैकौँ बहानाबाजी बनाएर अड्काएको एनआरएनएको नवीकरण रोक्नुपर्ने कारण नभएको देखाउँदै संघको पक्षमा फैसला सुनाएको हाे।

परराष्ट्रमन्त्री एनपी साउदले नवीकरण प्रक्रिया रोकेपछि संघका अध्यक्ष बद्री केसी नेतृत्वले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो।

अदालतनिकट स्रोतका अनुसार आदेश पूर्ण आइनसकेको भएपनि संघको पक्षमा फैसला भएको हो।

प्रकाशित मिति: : 2024-02-14 17:22:00

प्रतिकृया दिनुहोस्