रविन भण्डारी
फेब्रुअरीमा जब वसन्तको हावा चल्छ, प्रेम गर्नेहरूको अनुहारमा फरक किसिमको खुसी देखिन्छ। यही महिनामा प्रेम गर्नेहरूको पर्व भ्यालेन्टाइन सुरु हुन्छ।
फेब्रुअरी–७ अर्थात् ‘रोज डे’ आजदेखि भ्यालेन्टाइन वीक सुरु भएकाे छ। यसदिन प्रेमील जोडीहरूले एकअर्कालाई गुलाफ दिएर आफ्नो प्रेम व्यक्त गर्छन्। त्यसैले आज राताे रङकाे गुलाफकाे फूल किन्ने र बेच्नेहरूकाे लर्काे छ।
प्रेमकाे प्रतीक रहेकाे गुलाफ बेच्नमा भ्याइनभ्याइ छन्, फूल व्यापारीहरू। तरपनि यसपटक भने साेचेकाे जस्ताे व्यापार नभएकाे गुनासाे गर्छिन्, इन्द्रचोकमा फूल बेचिरहेकी संगीता मगर। उनका अनुसार विगतमा जस्ताे अहिले व्यापार नै छैन। मात्र फूलकाे मूल्य बढेकाे छ।
‘अहिले एउटा फूलको ८० रुपैयाँमा बेचिरहेका छौं। तर त्यति फाइदा छैन यो गुलाफको फूलमा ओइहाल्छ’, बिहानेखि २० वटा फूल बेचिसकेको बताउँदै उनले भनिन्, ‘अझै बेच्न बाँकी धेरै फूल छ।’
त्यसैगरी बसन्तपुरमा ८ वर्षदेखि फूल व्यापार गरिरहेकी छिन् बिमला। उनले ‘राेज डे’ का लागि ५० वटा फूल किनेकी थिइन् तर अझैपनि ३० वटा बाँकी रहेकाे उनकाे गुनासाे छ।
विगतकाे तुलनामा अहिले फूलकाे व्यापार घटेकाे उनकाे भनाइ छ। बिमलाका अनुसार एउटा फूलकाे मूल्य ५० रूपैयाँ ताेकेपनि व्यापार भएकाे छैन।
‘बिहान किनेको गुलाफको फूल दिउँसोसम्म त बिक्री भइसक्थ्यो तर यो वर्ष भने हुन सकेन। फूल ओइलिसक्यो तर पनि मान्छे आउँदैनन्’, उनी भन्छिन्, ‘यो पटक व्यापार घटिरहेको छ।’
पछिल्लो वर्षको तुलनामा गुलाफको व्यापार घटेपनि ‘रोज डे’ मा फूलको छुट्टै विशेषता छ। त्यसैले त ‘रोज डे’ मा गुलाफले काठमाडौं सहर नै मगमगाइरहेको छ।
किन मनाइन्छ ‘रोज डे’ ?
रोज डेकाे पनि छुट्टै विशेषता छ। गुलाफको फूललाई आफ्नो भावना व्यक्त गर्ने प्रतीककाे रूपमा मानिन्छ। इतिहास अनुसार मुगल बेगम नूरजहाँलाई उनको श्रीमानले खुसी पार्नका लागि सधैं गुलाफकाे फूल दिन्थे।
यो पनि भनिन्छ कि रानी भिक्टोरियालाई पनि गुलाफ धेरै मन पर्थ्यो। उनले आफ्नो प्रेम व्यक्त गर्दै पति प्रिन्स अल्बर्टलाई रातो गुलाफ दिएकी थिइन्। महारानी भिक्टोरियाको समयदेखि मानिसहरूले फेब्रुअरी ७ लाई रोज डेको रूपमा मनाउँदै आएका छन्। यस दिन आफ्ना प्रियजनहरूलाई गुलाफको फूल दिएर खुसी बनाइन्छ।
गुलाफको फूललाई सबैभन्दा सुन्दर मानिन्छ। यसको सुगन्धले सम्बन्धलाई सुगन्धित राख्छ, त्यसैले गुलाफको फूल उपहार दिइन्छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया