रवि लामिछानेकाे प्रश्न- सहकारी ठगहरुलाई कारबाही गर्न कसले रोक्यो? (भिडियाे)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद रवि लामिछानेले सरकारी जग्गा कीर्ते गर्ने, नागरिकता कीर्ते, सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद लामिछानेले यस्ताे बताएका हुन्। देशको यी समस्याबारे सबैजना जानकार रहेको उनले यस्ता कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन कसले रोक्यो भन्दै प्रश्न गरे।

‘सरकारी जग्गा कीर्ते गर्नेहरु आफ्नै दलभित्र छन् कि पहिला तिनलाई कारबाही गरेर सुशासनको नयाँ कदम र उदाहरण दिने पो हो कि? नागरिकता कीर्ते गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउने हो कि? सहकारीका ठगहरुलाई कारबाहीको दायरामा ल्याउने पो हो कि?’ उनले भने, ‘सरकारमै भए जस्तो लाग्छ। लामो समयसम्म सरकार नछोडेको जस्तो पनि लाग्छ। राजनीति र सदनमा भएको पनि वर्षौं बिते जस्तो लाग्छ। रोकेछ चाहिँ केले, नयाँ दलले?’

सांसद लामिछानेले संसदलाई छेड्खानीको थलो नबनाउन आग्रह गरेका छन्। उनले संसदलाई कानुन बनाउन थलोको रुपमा प्रयोग गर्नुपर्ने बताए।

‘वर्षौंदेखि चल्दै आएको संसदलाई आरोप प्रत्यारोप छेडखानी गर्ने ठाउँभन्दा फरक ढंगले जाऔं भन्ने प्रस्तावसहित आएको छु। यदि घाेचपेच र ज्ञान बाँड्ने थलो बनाउने हो भने एकपटक सुरुआत आफ्नै दलबाट सुरु गर्दा पनि राम्रो हुन्छ होला। आफ्नै दलतिर फर्केर हेर्दा पनि हुन्छ होला । नयाँ दलतिर फर्केर हेर्न खोजेको हो भने नयाँ दल त ७२ घण्टा छुट्याएर कारबाही गर्ने दल हो’, उनले भने।

प्रकाशित मिति: : 2024-02-07 13:21:00

प्रतिकृया दिनुहोस्