आफ्ना जहाज थन्क्याएर भाडामा किन ?

नेपाल वायुसेवा निगमको न्यारोबडी (नाइनएन–एकेएकस) जहाज ग्राउन्डेड भएको दुई महिना पुग्न लाग्यो। एउटा विमान एक दिन ग्राउन्डेड हुँदा निगमलाई  झन्डै १ करोड घाटा हुन्छ। त्यसअनुसार निगमलाई ६० करोड बढी घाटा भइसकेको छ।

तर, ग्राउन्डेड विमान समयमा बनाउने र जहाजलाई (फुल सेडुअल) मा उडाउनेभन्दा निगम व्यवस्थापनको ध्यान ‘अन्तै’ देखिन्छ। उसले आफूसँग भएका जहाज उडाउनेभन्दा २ वटा न्यारोबडी विमान भाडामा लिन टेन्डर आह्वान गरेको छ। विमान भाडामा लिँदा निगममा जहिल्यै ‘भ्रष्टाचार र अनियमितता’का ठूल्ठूला काण्ड हुने गरेका छन्। यसपटक पनि विमान भाडा लिन एयरलाइन्समा ‘ठूलै आर्थिक चलखेल’ भएको जानकारहरू बताउँछन्। 

प्रकाशित मिति: : 2024-02-07 09:01:00

प्रतिकृया दिनुहोस्