राष्ट्रियसभा अध्यक्षमा माओवादीको दाबी रहन्छ: प्रचण्ड

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभा अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएका छन्।

सोमबार र मंगलबार बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभामा सबैभन्दा ठूलो दल भएकोले अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएकाे एक नेताले बताए।

बैठकमा सांसदहरूले राष्ट्रियसभा अध्यक्ष आफूहरूले राख्नुपर्ने धारणा राखेका थिए। सांसदहरूले भनाइमा समर्थन जनाउँदै प्रचण्डले पनि अध्यक्षमा आफ्नो पार्टीको दाबी रहने बताएकाे ती नेताले बताए।

उनका अनुसार यसका लागि माओवादीले सत्ता गठबन्धनभित्र छलफल गर्ने भएकाे छ।

‘राष्ट्रियसभाको पहिलो दल भएकोले अध्यक्षमा हाम्रो पार्टीको दाबी रहन्छ भनेर अध्यक्षज्युले भन्नुभएको छ’ उनले भने, ‘यसका सत्ता गठबन्धनभित्र छलफल गर्ने कुरा भएकाे छ। दलहरूकाे सहमतिकै आधारमा अघि बढिनेछ।’

प्रकाशित मिति: : 2024-02-06 21:12:00

प्रतिकृया दिनुहोस्