दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुर घर बताउने दीपक चौधरी भेटिएका छन्। उनी आफु १५ वर्षअघि घरबाट निस्किएको बताउँछन्।
तर गृह जिल्ला दाङ आइपुग्दासमेत घर र आफन्त भने उनले भेटाएका छैनन्। उनले आमाको नाम गिता चौधरी र बाजेको नाम गोपाल चौधरी भएको बताएका छन्।
दीपकले अहिले आफु १८ वर्ष भएको बताउँने गरेका छन्। कसैले चिनेमा सम्पर्क गर्न जिल्ला जिल्ला प्रहरी कार्यालय दाङले आग्रह गरेको छ।