माओवादी संसदीय दलको बैठक जारी

नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी छ। सिंहदरवारस्थित माओवादी संसदीय दल कार्यालयमा बैठक केहीबेर अगाडि सुरु भएकाे हाे।

दिउँसाे ४ बजेदेखि सुरू हुने संसद बैठकअघि दलको बैठक बोलाइएको हो।

प्रधानमन्त्रीसमेत रहेका माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदको बैठकमा पार्टीको प्रस्तुति र अडानका बारेमा दिशा-निर्देश गरिरहेका छन्।

प्रकाशित मिति: : 2024-02-05 09:46:00

प्रतिकृया दिनुहोस्