अधिवेशन अनिश्चितकालका लागि स्थगित
नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित भएकाे छ।
शनिबार साँझ बन्दसत्रमा दस्तावेज प्रस्तुत गर्ने क्रममा नेता-कार्यकर्ताबीच कुटाकुट भएपछि अधिवेशन स्थगित भएकाे बागमती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।
झगडाका क्रममा सन्ताेष खनालकाे हात भाँचिएकाे र त्यसपश्चत विवाद भएकाेले अधिवेशन मर्यादितरुपमा सम्पन्न गर्न सक्ने अवस्था नरहेकाेले स्थगित गरिएकाे ढुङ्गेलले बताएका छन्।
‘याे अधिवेशनलाई मर्यदित र विधिसम्मत तरिकाले सम्पन्न गर्न सम्भव नदेखिएकाले अर्काे सूचना जारी नहुञ्जेलसम्मका लागि अधिवेशन स्थगित गरिएकाे छ’, अध्यक्ष ढुङ्गेलद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ।
विज्ञप्ति