बेलायतले २०८ वर्षदेखि थाँती असमानताकाे अन्त्य गर्ने अन्तिम अवसर नगुमाओस्- गेसाे

गाेर्खा भूतपूर्व सैनिक संघ (गेसाे)ले २०८ वर्षदेखि थाँती भूतपूर्व गाेर्खा सैनिकका समस्याहरुप्रति गम्भीर हुन नेपाल र बेलायत सरकारलाई अनुराेध गराएकाे छ।

हाल भइरहेकाे बेलायती सेना प्रमुख जनरल सर पेट्रिक सन्डर्सकाे नेपाल भ्रमणकाे सन्दर्भलाई लिएर गेसाेले भू.पू. सैनिकहरुकाे समस्याहरुप्रति पनि गम्भीर हुन दुवै देशका सरकारलाई अनुराेध गरेकाे हाे।

विगतमा भएका काम र उपलब्धीहरुकाे स्मरण गराउँदै ती उपलब्धीहरुलाई सार्थक तुल्याउन तथा भू.पू. सैनिकका समस्या समाधान गर्ने अन्तिम अवसर नगुमाउन गेसाेले दुवै देशका सरकारलाई सुझाव दिएकाे छ।

गेसाे सभापति कृष्णकुमार राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएकाे छ, ‘२०८ वर्षदेखि थाँती रहेकाे गाेर्खा सैनिकका नाममा नेपाली नागरिकहरुमाथिकाे चरम असमानता, भेदभाव र अमानवीय व्यवहार सदाका लागि अन्त्य गर्ने अन्तिम माैका नगुमाउन बेलायत सरकारसमक्ष हार्दिक अनुराेध गर्दछ।’ गेसाेले सेना प्रमुखकाे ध्यान भू.पू. सैनिकका समस्या समाधानतर्फ पनि जानुपर्नेमा जाेड दिएकाे छ।

गेसाेलगायत भू.पू. सैनिक सम्बद्ध निकायका प्रतिनिधिहरुले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएर ६ महिनाभित्र समस्या समाधान गर्ने गरी काम गर्न बेलायत सरकारसँग समन्वय आग्रह गर्न माग गरेका थिए। विशेषगरी पेन्सनलगायतका समस्या ६ महिनाभित्र समाधान नभए कडा आन्दाेलन गर्ने चेतावनी भू.पू.सैनिकहरुले दिएका थिए।

आगामी ६ महिनालाई समस्या समाधान गर्ने अवसरका रुपमा लिएर काम गर्ने गेसाेले बेलायत सरकारलाई सुझाव दिएकाे छ। अन्यथा, आन्दाेलनकाे बाटाेमा जाने गेसाेकाे भनाइ छ।

मुख्यतया पेन्सनकाे समस्या समाधानमा जाेड दिन गेसाेकाे आग्रह रहेकाे छ।

विज्ञप्ति :

प्रकाशित मिति: : 2024-02-01 18:34:00

प्रतिकृया दिनुहोस्