बाँसबारी जग्गा प्रकरण: सञ्जय ठाकुर पनि पक्राउ

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा आम्रपाली कन्ट्रक्सनका सञ्जय ठाकुर रहेकाे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएकाे छ।

कारखाना सञ्चालक समितिका अध्यक्षसमेत रहेका ठाकुरलाई सीआईबीकाे टोलीले बिहीबार काठमाडौँबाट पक्राउ गरेकाे हाे।

बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनामा ठाकुरसमेतको संलग्नता रहेको पाइएपछि उनलाई पक्राउ गरिएकाे सीआईबीले उल्लेख गरेकाे छ। याेसँगै बाँसबारी जग्गा हिनामिना प्रकरणमा पक्राउ पर्नेको संख्या तीन पुगेको छ।

साेही प्रकरणमा यसअघि बिहीबार नै नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरी र बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापा पक्राउ परेका थिए। 


बाँसबारी छाला-जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ

सांसद विनोद चौधरीका भाइ अरुण पक्राउ

प्रकाशित मिति: : 2024-02-01 16:19:00

प्रतिकृया दिनुहोस्