मङ्गलबार, १२ अगस्ट २०२५

बाँसबारी छाला-जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख थापा पनि पक्राउ

News Image
• • •

बाँसबारी छाला तथा जुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई बिहीबार उनलाई बत्तीसपुतलीबाट पक्राउ गरेकाे हाे।

उनीमाथि पनि छालाजुत्ता कारखानाको करिब १० रोपनी सरकारी जग्गा गैरकानुनी तरिकाले हडप्ने व्यावसायी अरुण चौधरीका परिवारलाई साथ दिएकाे आरोप छ।

यसअघि आजै बाँसबारीको १० रोपनी सरकारी जग्गा हडपेको प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीका भाइ अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेकाे थियाे। साेही जग्गा प्रकरणमा अनुसन्धानका थापालाई पनि पक्राउ गरेकाे हाे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!