उच्च अदालत पाटनका न्यायाधीश मरासिनीको निधन, सबै पेशी स्थगित

उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासिनीको निधन भएको छ।

मंगलबार इजलासमा जाने तयारीमा रहेका उनकाे हृदयघातबाट निधन भएको हाे।

बिहान साढे आठ बजेतिर हृदयघात भएपछि उनलाई उपचारका लागि कलङकीस्थित नेपाल नेशनल अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा बिहान १० बजेतिर निधन भएको हाे।

न्यायाधीश मरासिनीको मंगलबार उच्च अदालतकाे ५ नम्बर इजलासमा एकल पेशी तोकिएको थियो।

न्यायाधीशको मृत्युपछि उच्च अदालत पाटनको सबै पेशी स्थगित भएको अदालतले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2024-01-30 12:16:00

प्रतिकृया दिनुहोस्