अपार्टमेन्टमा मृत भेटिएकी जर्मन महिलाको प्रारम्भिक अनुसन्धानमा के देखियो?

शनि शाक्य

काठमाडौं

ललितपुर महानगरपालिका–१६ नागबहालस्थित ग्रीनतारा हेरिटेज अपार्टमेन्टमा मृत भेटिएकी जर्मनकी करिब ५५ वर्षीया एडि इल एचइडीको प्रहरीले प्रारम्भिक अनुसन्धान सकेको छ। 

घटनास्थलको प्रारम्भिक अनुसन्धान सकेर प्रहरी फर्किएको छ। तालिम प्राप्त कुकुरसहित अनुसन्धान सकेर फर्किएको प्रहरीले सन्दिग्ध कुनै क्लु भेटाएन।

बरु एचइडीको मृत्यु लडेर भएको हुन सक्ने आशंका प्रहरीको छ। पाटन अस्पतालमा गरिएको फरेन्सिक ल्याबमा उनलाई मुटुको समस्या भएको देखिएको छ।

मुटुकाे समस्याका कारण लडेर उनकाे मृत्यु भएको हुन सक्ने प्रहरी अधिकारीले बताए। उनको टाउकोमा चोटसमेत देखिएको छ।

उनी सोमबार बिहान ८ बजे मृत भेटिएकी थिइन। पाटन अस्पतालमा फरेन्सिक टेष्टपछि पोष्टमार्टम गर्न उनलाई टिचिङ अस्पताल लगिएको छ। 
 

प्रकाशित मिति: : 2024-01-29 16:34:00

प्रतिकृया दिनुहोस्