अफगानस्तानलाई हराउँदै नेपाल यु-१९ विश्वकपकाे सुपर सिक्समा 

photo : can
photo : can

नेपाल अफगानस्तानलाई हराउँदै यु-१९ विश्वकप क्रिकेटकाे सुपर सिक्समा पुगेकाे छ। समूह चरणकाे अन्तिम खेलमा शुक्रबार अफगानस्तानलाई १ विकेटले हराउँदै नेपाल सुपर सिक्समा पुगेकाे हाे।

बफेलो पार्क इस्ट लन्डनमा अफगानस्तानले दिएकाे १४६ रनकाे लक्ष्य नेपालले ४४.४ ओभरमा ९ विकेटकाे क्षतिमा पूरा गर्‍याे।

नेपालले अफगानस्तानसँग कठिनपूर्ण जित निकाल्याे। अन्तिम ६ रनका लागि ४ ओभर खर्चिनुका साथै २ विकेट गुमाएकाे थियाे।

नेपालका लागि कप्तान देव खनालले अर्धशतक प्रहार गरे। ८९ बलकाे सामना गरेका उनले ७ चाैकाकाे मद्दतमा ५८ रन प्रहार गरे।

त्यस्तै दीपक बाेहरालाे २७, अर्जुन कुमालले १० तथा आकाश त्रिपाठीले १६ रन बनाए। अन्य ब्याटरले दाेहाेराे अंक जाेड्न सकेनन्।

अफगानस्तनका फरिदून दाउदजाई ३ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेकाे अफगानस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाउँदै १४५ रन बनाएकाे थियाे।

अफगानस्तानलाई सस्तैमा समेट्न नेपालका आकाश चन्दले ५ विकेट लिए।

 नेपालले अब समूह ‘ए’मा रहेका भारत तथा अन्य दुई देशका टोलीसित खेल्ने छ।    

प्रकाशित मिति: : 2024-01-26 20:30:00

प्रतिकृया दिनुहोस्