राष्ट्रियसभा निर्वाचन: सुदूरपश्चिमबाट तीन सिटमा गठबन्धनका उम्मेदवार निर्वाचित

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनैजना उम्मेदवार निर्वाचित भएका छन्।

बिहीबार सम्पन्न भएकाे निर्वाचनकाे मतपरिणामअनुसार महिलातर्फ माओवादीकी रेनु चन्द, अपाङ्गतर्फ कांग्रेसका नारायणदत्त भट्ट र अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा निर्वाचित भएका हुन्।

चन्दले ४ हजार ४५३ मत ल्याएकी छन्। यस्तै भट्टले ४ हजार ४१९ मत र बोहराले ४ हजार ३४७ मत पाएका छन्।

प्रकाशित मिति: : 2024-01-25 17:17:00

प्रतिकृया दिनुहोस्