राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशमा गठबन्धनलाई धक्का लागेको छ। गठबन्धनका उम्मेदवार चम्पादेवी कार्कीलाई पराजित गर्दै एमालेकी उम्मेदवार रुक्मिणी कोइराला विजयी भएकी छन्।
कोइरालाले ५ हजार ८६ मत ल्याउँदै विजयी हुँदा गठबन्धनका तर्फबाट माओवादीकी कार्कीले ४ हजार ९९२ मत मात्र प्राप्त गरिन्।
गठबन्धनबाट फलोर क्रस हुँदा गठबन्धनका उम्मेदवार कार्की पराजित भइन्।
यद्यपि निर्वाचन आयोगले घोषणा गर्न बाँकी छ।