काठमाडौँकाे बसुन्धरास्थित काठमाडौँ न्यु क्यासल स्कुलमा आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्स विषयमा विशेष प्रदर्शनी गरिएको छ।
न्यु क्यासल स्कुलले शनिबार आर्टिफिसियल इन्टेलिजेन्स र रोबोटिक्सको विषयमा प्रदर्शनी आयोजना गरेकाे हाे।
यस प्रदर्शनीमा कक्षा ३ देखि १० सम्मका विद्यार्थीहरूले ‘भविष्यको संसारमा प्रवेश’ भन्ने विषयवस्तुमा मोडलहरू बनाएका थिए।
विद्यार्थीहरूले बनाएका मोडलकाे सहभागीहरूले प्रशंसा र हौसला प्रदान गरे।
विद्यार्थीहरुले रोबोट, सेन्सर रोबोट, ब्लाइन्ड एड्स, कलर टेस्टिङ प्रोग्राम, लेजर लाइट सेफ्टी सिस्टम, इन्टरसेक्शन ट्राफिक सिग्नल लगायतका मोडलहरू तयार पारे।
विद्यार्थीहरुले आफ्नो कल्पना र बौद्धिकताको प्रयोग गरी अद्भुत मोडेलहरू बनाएकाे भन्दै सहभागीहरूले खुसी व्यक्त गरे।
पढाइ सँगसँगै सीप पनि सिकाउँदै लैजानुपर्ने अवधारणा अनुरूप न्यु क्यासल स्कुलले आफ्ना कक्षा ३ देखि १० का विद्यार्थीहरूलाई सहभागी गराएकाे हाे।
विद्यार्थीहरूले भविष्यमा संसारकाे जुनसुकै स्थानमा पनि अब्बल हुनलाई राेबाेटिक, काेडिङ र एआईकाे कक्षा स्किलअपसँग सहकार्य गरी सञ्चालनमा ल्याएकाे छ। जसलाई स्टिम डट ओआरजी यु.एस.एले सर्टिफाईड गरेकाे छ।