रवि लामिछानेको ‘पत्रकार सम्मेलन’ हुँदा त्यसै पनि सञ्चारकर्मीहरूको बाक्लै भीडभाड हुन्छ। ‘टीआरपी’का लागि दौडिनेहरू पत्रकार होऊन् वा युट्युबर, ‘रवि दाइ’ खोज्दै हिँड्छन्।
‘माननीयज्यू’को चर्को बोली कैद गर्न पर्खिबसेका हुन्छन् दर्जनौँ ‘भोजराज’हरू। हुनपनि उनीहरूको कामधन्धै त्यही हो।
घन्टीघरको बेग्लै चर्चा छ सामाजिक सञ्जालमा। त्यहाँ पत्रकार मात्र हुँदैनन्, समर्थकहरूको पनि उस्तै जमघट हुन्छ।
पार्टी काममा खटिनेदेखि ‘सास’मा रामरमिता देखाउनेसम्मको तालिमकेन्द्र हो– घन्टीघर। मिडियामा छापिएका समाचारको खण्डन–मण्डन गर्दै, घन्टी बजाउँदै बसिरहेका हुन्छन् उनीहरू।
०००
रवि लामिछाने मूलधारका मिडियासँग रिसाएका छन्, ‘बेलाबेला पत्रिको पहिलो पृष्ठमा छापिने समाचार’लाई लिएर सबै मिडियामाथि औँला ठड्याउँछन् उनी।
त्यसो त सहतमा सुनिने–देखिने विवादभन्दा दूर छैनन् लामिछाने। नागरिकता प्रकरण चलिरहँदा ‘चर्को स्वरमा चिच्चयाउने’, मिडिया–पत्रकारलाई गालीगलौज गर्ने उनी ‘सहकारीको लाखौँ रकम अपचलन’ गरेको आरोपपछि केही सिथिल देखिएका छन्।
सोमबारको पत्रकार सम्मेलनमा पनि उनी अघिल्लोपटकको ‘गल्ती’ स्वीकार गरे। यो हायल कायलको स्थितिमा रवि मिडिया र मिडिया मालिकहरूसँ माफी माग्नेस्थितिमा पुगिसकेका छन्।
‘मिडियाकर्मीप्रति पर्सनल अट्याक गरेकोमा क्षमा माग्छु’ सोमबार दिउँसो घन्टीघरमा आयोजित पत्रकार सम्मेलनबाटै भनेका थिए।
सांसदसमेत रहेका रवि लामिछाने यसपालि खासै आक्रोशित देखिएनन्। विषय ‘सहकारी ठगी’को गरम नै थियो। तर उनी नरमै सुनिए।
‘केही अगाडि सञ्चार माध्यमप्रति केही खरो टिप्पणी भएको हुनाले अलिकति आलोचना भएको छ, म त्यसलाई स्विकार्छु,’ रविले भने, ‘जिम्मेवार राजनीतिक दलमा भइसकेपछि आफ्ना कुराहरू अलिकति राम्रो ढंगले राख्नुपर्छ भन्ने कुरा स्विकार्नुपर्छ र पछिल्लो समय साथीहरूले पनि महसुस गर्नुभएको छ होला।’
उनले अगाडि थने, ‘पर्सनल अट्याक हुन गयो, म पर्सनल रूपमा नगएको भए हुन्थ्यो अब त्यस्तो आज पनि हुँदैन र भविष्यमा पनि हुँदैन।’
तर रमाइलो किस्सा! रविले मिडियालाई ‘गालीगलौज गर्दिनँ’ भनेपछि चाहीँ ‘टीआरपी’को दौडमा उभिएकाहरूलाई ह्या... भन्न थालेँ। यतिसम्म कि ‘ला बेकारमा आइएछ!’
यूट्युवहरू ‘बिकाउ माल’को खोजीमा बेस्सरी भौतारिरहेका थिए। पत्रकार सम्मेलनमा पुगेका सञ्चारकर्मीहरूलाई पनि लागेको थियो, ‘रविले ...पुरको भन्डाफोरै गर्ने छन्। तर उनी सुनसान देखिए। भो अब मिडियासँग लड्दिनँ भन्ने तहमै पुगे। माफी मागे।
०००
पत्रकार सम्मेलनअघि पार्टी कार्यालयको माथिल्लो तलाबाट हो–हल्लाबिना दायाँबायाँ स्वर्णिम वाग्ले र अनिल केशरी शाहसितै क्यामेराअघि झुल्किए रवि। अघिल्ला–अघिल्ला पत्रकार सम्मेलनहरू रवि देखिँदा ‘रवि दाइ’को नारा गुञ्जिन्थ्यो।
तर यसपटक भने मौन थियो घन्टीघर। बरु हल्लीखल्ली–धकेलाधकेल गर्दैथिए क्यामेराकर्मीहरू। सञ्चारकर्मीलाई लाग्दैथियो अब रवि लामिछाने मिडियाविरुद्ध बोल्ने छन्। अझ् भनौँ कान्तिपुरविरुद्ध खुबै बोल्ने छन्।
तर उनी मिडियासितको वारमा ‘युद्ध बिराम’ गर्ने मनस्थितिमा देखिए। ‘१ करोड ८० लाख खातामा जम्मा हुँदा मेरो मोबाइलमा घन्टी नै बजेन,’ रविले सुरुमै भने।
आफ्नो खातमा १ करोड ८० लाख जम्मा भएको तर खातामा पैसा नगएको जिकिर गर्छन् उनी। बैँकमार्फत् पैसा नबुझेको बताएपनि लामिछानेले १ करोड ८० लाख बुझेको तमसुक कम्पनी रजिस्ट्रार कार्यालयमै छ।
उनकाअनुसार उल्लिखित रकम नलिएको भएपनि रकम बुझिलिएँ भनेर गरेको कागज भने उनले नै गरेका हुन् रे! तर त्यो केवल कानुनी प्रक्रिया पूरा गर्नाका लागि मात्र बनाइएको कागज भएको जिकिर छ।
‘अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला’, रविले भने, ‘जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दैछु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।’
रवि लामिछाने यतिबेला बुझिनसक्नु झमेलामा छन्। कुनै समय टेलिभिजनको पर्दामा हेरिने हरिबंश आचार्यको शैलीमा बोलिरहेका छन्। ‘हो, हैन! लिए, लिइनँ!’
सभापतिबाट रविलाई राजीनामा दिन आग्रह
रविको भनाइ–
अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दैछु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।
आजको प्रेस मिटमा मैले सबै कुरा स्पष्ट राखेँ भन्ने लागेको छ। पत्रिकामा लेखिने ठूला हेडलाइन र केही डकुमेन्टका आधारमा वास्तविकता पुरै नबुझी विचार बनाउने हाम्रो प्रवृत्तिबारे म जानकार छु। तर तथ्यमा पनि विचार गरिदिन अनुरोध छ।
डिपोजिट स्लिपकै आधारमा मेरो खातामा रकम जम्मा भयो भनेर ठोकुवा गरियो, जबकि बैँकले नै खातामा रकम जम्मा भएको छैन भनिसक्यो। बैँकमा भएका हरेक कारोबार नियामक निकायको नियमनमा हुन्छ। यो क्षेत्रमा पारदर्शीता हुन्छ। कसैले लुकाएर वा लुकाउन चाहेर लुक्ने, छिप्ने कुरै होइन यो।
अब फेरि मैले रकम बुझिलिएँ भनेर ल्याप्चे नै ठोकेको कागज राखेर यसले पैसा लिएकै हो, ढाँट्यो भनेर पनि भ्रम फैलाउन सकिएला। जबकि त्यो कानुनी प्रक्रियाका लागि मात्र हो, रकम लेनदेन भएको छैन भन्ने बुझाउन लामो लेखेर यसबारे बुझाउने प्रयास गर्दैछु। कृपया पूरै पढेर मात्र विचार बनाउनु होला।
मैले सुरुदेखि नै स्वीकार गर्दै आएको छु, ग्यालेक्सी टिभी सञ्चालन गर्ने कम्पनी गोर्खा मिडियामा म संलग्न हुन जानुअघि त्यसका प्रमोटर र म बीच कम्पनीको १५ प्रतिशत सेयर मेरो नाममा गुडविल बापत् अर्थात् बिना लगानी कायम गर्ने सहमति भएको थियो। यसलाई पसिनाको कमाई वा स्वेट सेयर पनि भन्ने गरिन्छ बोलीचालीको भाषामा।
तस्बिर: रवि आफैले सार्वजनिक गरेको तमसुक
यो शेयरलाई कम्पनी रजिष्ट्रारको कार्यालयमा शेयर लगत कायम गर्न आवश्यक कानुनी प्रबन्ध र कागजपत्र कम्पनी स्वयंले मिलाउने भन्ने सहमति पनि थियो। यो किन भएको थियो भने यी कानुनी मामिलामा संलग्न हुन मसँग समय थिएन। टेलिभिजन सञ्चालनको लागि कार्यक्रम, समाचार, कर्मचारी, प्रविधि लगायतको आन्तरिक व्यवस्थापन गर्ने मेरो मुल जिम्मेवारी थियो। मेरो नाममा शेयर लगत कायम गर्न आवश्यक काम गोर्खा मिडियाले नै गर्यो, त्यति बेला मैले सोधखोज पनि गरिनँ। बरु सार्वजनिक रुपमा कार्यक्रमको पहिलो एपिसोडमा खुलस्त पारिदिए। बाँकी प्रक्रियागत कुरा मिलाउन के के गरिन्छ भन्ने कुरा जगजाहेर कुरा हो। हिम्मत जुटाएर खोजौं र सबले मम भनौं। तर मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी पटक्कै होइन।
जब मैले ग्यालेक्सी टिभी छोड्ने निर्णय गरेँ, त्यतिबेला कम्पनीले मेरो गुडविल उपयोग गर्न नसक्ने भयो। त्यसकारण मैले इमान्दारीपूर्वक बिना लगानी लिएको उक्त शेयर बिना रकम नै फिर्ता गर्न सहमति जनाएँ।
तर, यहाँ पनि अर्को कानुनी समस्या देखिएछ। मेरो नामको शेयर जसको नाममा नामसारी भई कम्पनी रजिष्ट्रारको कार्यालयमा लगत कायम हुनुपर्ने हो, उसले मेरो शेयर किनेको देखिनुपर्ने भएछ। मैले शेयर कसको नाममा नामसारी गरिदिनुपर्ने पनि सोधेको होइन। गोर्खा मिडियाका अध्यक्ष जीबी राईकै नाममा लगत कायम गर्ने निर्णय भयो, मैले प्रक्रिया पूरा गरीदिए। कम्पनी शेयर किनबेचमा यो अति सामन्य अभ्यास हो र फेरीपनि मैले छुट पाउनु पर्छ भन्ने मेरो दावी होइन। यो पनि टिभी छोड्दा सारा दर्शक सामु स्पष्ट पारिदिएको छु र भनेको छु कि मैले आफ्नो भागको शेयर एक पैसा नलिइ फिर्ता गरेको छु, जसमा मेरो एक पैसापनि परेको थिएन।
कम्पनी रजिस्ट्रारको कार्यालयमा शेयर बिक्री भए वापत रकम कारोबार भएको प्रमाण आवश्यक त पर्छ नै। अर्थात् मेरो १५ प्रतिशत शेयर जसलाई बिक्री गरेको हो उसले मलाई रकम दिएको देखिनु पर्ने थियो। त्यही प्रक्रिया कै लागि मैले शेयर छाडेको कागज गरेँ, जुन कागज तल पोस्ट गरिदिएको छु। मेरो शेयर खरिद गरेबापतको रकम जीबी राईले मेरो खातामा जम्मा गरेको भौचर देखिए पनि रकम खातामा आएन। सायद त्यो आवश्यक प्रक्रिया मात्रै थियोे जुन यस्तै ढंगले पूरा गरिने आम अभ्यास छ । त्यसैका आधारमा शायद भौचर मात्र राखी कम्पनी रजिष्ट्रारको कार्यालयमा जीबी राईको नाममा शेयर नामसारी भई दाखिला पनि भएको हुनु पर्छ।
यहाँनिर सबैले बुझ्नु पर्ने कुरा के छ भने, मेरो खातामा रकम जम्मा भएको थिएन। अर्थात् चेक क्लियर भएन किनभने जीबी राईको खातामा जति रकमको चेक काटियो, त्यति पुग्ने पैसा नै रहेनछ।
रवि लामिछाने भन्छन्: १ कराेड ८० लाख खातामा जम्मा हुँदा मेराे माेबाइलमा घण्टी नै बजेन
यसो हुँदा कागजमा मेरो खातामा चेक जम्मा भएको देखियो, डिपोजिट भौचर प्राप्त भयो र शेयरको कारोबार सम्पन्न भयो। तर पैसाको लेनदेन भएन र यो सबै एकै दिनमा भएको छ। यदि मैले पैसा लिन चाहेको थिएँ भने उक्त चेक क्लियर नभएको विरुद्ध म चेक बाउन्स मुद्दामा जान सक्थें। तर, मलाई त्यो गर्नु आवश्यक थिएन। किनकि मैले स्वेच्छाले त्यो शेयर छाडेको थिएँ र मलाई यो सारा कारोबारबारे थाहा हुनु आवश्यक पनि थिएन। किनकि मैले त शेयर फिर्ता गर्नुपर्ने दायित्व थियो, गरेँ।
कुरा यत्ति हो र यसमा मेरो दोष कति भयो कति भएन आफै मूल्याकंन गर्नु होला। तिर्नु, बुझाउनु,सहनु पर्ने कुरामा म सधै राजी नै छु। इमानदारी पुर्वक आफ्नो पोजिसन क्लियर गर्दै म पटक पटक प्रेसलाई जवाफ दिन उभिएको छु, आम जनतालाई जवाफ दिन उभिएको छु, सार्वजनिक सुनुवाइमा उभिएको छु। यसरी आफू माथि प्रश्न उठ्दा कति नेता यसरी प्रेस र जनताको सामु उभिएका छन् होला!
राज्यको निकायलाई झुक्याएको, कीर्ते गरेको जस्ता आरोप पनि आउलान्। तर प्रक्रिया नै यस्तै छ, गर्ने केरु मकम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेर कम्पनी चलाउने सबैलाई यो कुरा बुझ्न समय पक्कै लागेन होला। हामीले कानुनी संरचना नै यस्तै बनाएका रहेछौँ। नेपालमा ‘गुडविल शेयर’ भनेर रकम जम्मा नगरी शेयर कायम हुने कानुनी प्रबन्ध नै छैन। र, फिर्ता गरेको शेयर पनि किनबेच भएको देखिनुपर्ने हुन आउछ। विदेशमा यो सामान्य नै हुन्छ।
यो मामिलामा गुडविल शेयर लिने र फिर्ता गर्ने प्रक्रिया मिलाउन जे जति भए त्यो म कसैलाई दोष दिन्न। तर म सुरुदेखि नै आफ्नो कुरामा प्रष्ट छु, न गुडविल सेयर लिनका लागि मैले रकम हालेको थिएँ, न त्यो फिर्ता गर्दा नै कुनै रकम लिएको छु।
गोर्खा मिडियामा सेयर लगत कायम गर्न मेरो खाताबाट गएको ७५ लाख उनैबाट प्राप्त हो, मिडिया छाड्दा सेयर लगत हटाउन ‘पाएँ’ भनेर ल्याप्चे लगाएको १ करोड ८० लाख उनैलाई छोडेर गएको हो, मैले लगेको छैन। प्रमाणले पनि त्यही देखाउँछ।
भएको कुरा यत्ति हो। म मिडियामा हुँदा र मैले मिडिया छाड्दाको सेयर लगतको कुराले यो देशका हजारौँ सहकारी पीडितको मूल मुद्दा कतै नअलमलियोस् भन्नेमा सबैले ध्यान दिउँ। यो विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी संवेदनशील र प्रतिवद्ध छ।
आजको पत्रकार सम्मेलनले जति प्रश्नको जवाफ दियो त्यति नै धेरै प्रश्नपनि जन्माएको छ, जसलाई हामीले हल गर्नै पर्छ। छ्लेर, भागेर, तोडेर मोडेर भन्दा यथार्थ कुरा भनेर समस्याको समाधान खोज्नु उपयुक्त लागेर यति लेखेको छु। एक सामान्य जीवन बाट आएको मान्छे कमजोरी अनेकौं छन् तर गल्ती नगर्ने प्रयास जारी छ।