मन्त्री किरातीलाई झड्काः लक्ष्मी पुनको नियुक्ति बदर

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति अदालतले बदर गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले आइतबार नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर गर्न अन्तरिम आदेश दिएको हो। 

गत पुस पहिलो साता 'विवादित छवि'का संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको अध्यक्षतामा बसेको परिषद्को बैठकले पुनलाई निर्देशकमा नियुक्त गरेको थियो। लगतै, पुनविरुद्ध पुन २९ मा कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।

मरासिनीको रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले कोषको निर्णय कार्यान्वयन नगर्न भनेको छ।

पदपूर्तिका लागि आवश्यक मापदण्ड नपुगेको कारण देखाएर नियुक्ति खारेज गरिएको पशुपति क्षेत्र विकास कोषका एक अधिकारीले बताएका छन्।

प्रकाशित मिति: : 2024-01-22 08:47:00

प्रतिकृया दिनुहोस्