सिभिल डेभिड एण्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यद्वय तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो।
एमालेका पूर्वसभासद समेत रहेका तामाङमाथि आपराधिक लाभमार्फत ३ अर्ब ३१ करोड ८५ लाख रुपैयाँ गैरकानूनी आर्जन गरेको अभियोग लगेकाे थियाे।
याे मुद्दामा श्रीमती सिर्जना शाक्य तामाङ र सिभिल सहकारीका केशवलाल श्रेष्ठ पनि दोषी ठहर भएका छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले इच्छाराजसहित उनकी श्रीमती सिर्जना तथा छोरीहरू प्रतीक्षा तामाङ, प्रतिष्ठा तामाङ, अध्यक्ष श्रेष्ठ र मिना कुमारीसहित ६ जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरेको थियो।