त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब आधा किलो सुनसहित एक जना पक्राउ परेका छन्।
कतारको दोहाबाट काठमाडौँ आएका झापाका खगेन्द्र दर्जीलाई ४९९ ग्राम सुनसहित आइतबार विमानस्थलबाट पक्राउ गरिएको हो।
दर्जीले ल्याएकाे उक्त सुन तरल पदार्थ बनाएर ल्याइएकाे विमानस्थल भन्सार कार्यालयले जनाएकाे छ।
भन्सार कार्यालयका अनुसार हिमालय एअरलाइन्सको एच नाइन ५६४ को उडानबाट दोहादेखि काठमाडौँ आएका दर्जीलाई विशेष सूचनाको आधारमा पक्राउ गरिएकाे हाे।