२९ सहसचिवकाे सरुवा: बालेनले ‘कारबाही’ गरेका अधिकारी मधेस आयोगमा, अरु काे कहाँ ?

सरकारले एकैपटक २९ जना सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक २९ जना सहसचिवको सरुवा गरेको हो।

काठमाडौँ महानगरपालिकामा मेयर बालेन साहले ‘अघोषित’ कारबाही गरेका प्रमुख प्रशासकीय अधिकृत (सहसचिव) वसन्त अधिकारीलाई सरकारले मधेस आयोगमा खटाएको छ।

यसअघि प्रमुख प्रशासकीय अधिकृत अधिकारीले महानगरको कर्मचारी नियुक्तिमा चलखेल गर्ने कर्मचारीलाई सघाएको भन्दै मेयर बालेनले उनी चढ्ने गाडी खोसिदिएका थिए।

त्यत्तिमात्रै नभएर बालेन आफैँले अधिकारीको कार्यकक्षामा ताला लगाइदिएका थिए। त्यसपछि उनी महानगर जान छोडेका थिए। अधिकारीको ठाउँमा प्रदिप परियार गएका छन्।

कसलाई कहाँ पठाइयो हेर्नुहाेस् सूची:

नारायण प्रसाद रिसाल- अर्थ मन्त्रालय 

सेवान्तक पोखरेल- अर्थ मन्त्रालय, मधेश प्रदेश

सेवन्तराज दाहाल- प्रदेश प्रमुख कार्यालय, गण्डकी प्रदेश

वासुदेव दाहाल- गृह मन्त्रालय

छविन्द्र पराजुली- प्रदेश प्रमुख कार्यालय, कोशी 

इश्वर कुमार गिरि- राष्ट्रिय समावेशी आयोग

गोविन्द प्रसाद रिजाल- श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्तालय

हरिशरण पुडासैनी- पर्यटन उद्योग तथा सहकारी मन्त्रालय, बागमती प्रदेश

केशव प्रसाद दाहाल- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय

झलक राम अधिकारी- नेपाल ट्रष्ट कार्यालय

बाबुराम ज्ञवाली- राष्ट्रिय योजना आयोग

निता पोखरेल अर्याल- प्रदेश लोकसेवा आयोग, बागमती 

नम्रता सिंह- कृषि तथा भूमि व्यवस्था मन्त्रालय, लुम्बिनी प्रदेश

दिवस आर्चाय- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

वीरेन्द्र कुमार यादव- गृह सञ्चार तथा कानुन मन्त्रालय, मधेस प्रदेश

सुरेन्द्र पौडेल- श्रम तथा यातायात मन्त्रालय, मधेस प्रदेश

दिनानाथ मिश्र- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

माधव प्रसाद भट्टराई- भौतिक पूर्वाधार विकास मन्त्रालय, कोशी

रमेश कुमार सिंह- उर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय

शैलेस कुमार झा- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय

अमृत श्रेष्ठ- भौतिक पूर्वाधार विकास मन्त्तालय, बागमती

दुर्गा लक्ष्मी श्रेष्ठ- स्वास्थ्य मन्त्रालय, लुम्बिनी प्रदेश

प्रदिप परियार- काठमाडौँ महानगरपालिका

केदारनाथ शर्मा- मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कोशी

लक्ष्मी प्रसाद भट्टराई- सामाजिक विकास मन्त्रालय, कोशी

दिपक राज नेपाल- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

टंकप्रसाद प्रसाईं- कृषि तथा पशुपन्छी विकास मन्त्रालय, गण्डकी प्रदेश

सहदेव हुमागाईं- कृषि तथा पशुपन्छी विकास मन्त्रालय 

वसन्त अधिकारी- मधेस आयोग

प्रकाशित मिति: : 2024-01-19 17:06:00

प्रतिकृया दिनुहोस्