दुई करोड रूपैयाँसहित क्षेत्रपाटीबाट ३ जना पक्राउ, हुण्डी कारोबारी भएकाे आशंका

File Photo
File Photo

क्षेत्रपाटीबाट दुई करोडभन्दा बढी रकमसहित तीन जना पक्राउ परेका छन्।

राजश्व अनुसन्धान विभागले गएराति नरेश अग्रवालसहित उनका सहयोगीहरुलाई पक्राउ गरेको हो।

गएराति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर स्रोत नखुलेको दुई करोड ३० लाख रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएकाे विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए।

विभागका अनुसार अग्रवाल हुण्डी र क्रिप्टोकरेन्सीका कारोबारी हुनसक्ने आशंका गरिएकाे छ। ढुंगानाले उनको संलग्नताबारे अनुसन्धानबाट थप पुष्टि हुने बताए। 

प्रकाशित मिति: : 2024-01-19 12:07:00

प्रतिकृया दिनुहोस्