अमेरिकी चुनाव २०२४ : आइवामा ट्रम्पले खोले जीतको खाता

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी चुनाव २०२४  अन्तर्गत आइवा राज्यमा भएको रिपब्लिकन ककसको प्रारम्भिक पहिलो ककस डोनल्ट ट्रम्पले जितेका छन्। दोस्रो स्थानका लागि हेली र डिसान्टिसबीचको कडा प्रतिस्पर्धामा डिसान्टिसले बाजी मारेका छन्।

यो समाचार तयार पारिरहेको बेला ९५ प्रतिशत मात्र मतगणना भएको छ। ट्रम्पले ५१.९ प्रतिशत मत पाएका छन् भने दोस्रो स्थानमा रहेका रन डिसान्तिसले २१.२प्रतिशत र तेस्रो स्थानमा रहेकी निकी हेलीले १९.० प्रतिशत मत प्राप्त गरेका छन्। विवेक रामास्वामी ७.७प्रतिशत मतका साथ चौथो स्थानमा रहेका छन् । 

९९ काउन्टी रहेको आइवाका सहरी क्षेत्रका काउन्टीको मतगणना भैरहेको छ। दोस्रो स्थानका लागि तीब्र प्रतिस्पर्धामा रहेका डीसान्तिस र हेली दुबैले आफू दोस्रो हुने दावी गरिरहेका छन्। 

४० डेलिगेट्स रहेको आइवामा अहिलेको स्थितिमा ट्रम्पले २० डेलिगेट पाउँछन् भने डिसान्तिसले ८ र हेलीले ७ डेलिगेट्स पाउँछन् । रामास्वामीले पनि ३ डेलिगेट पाउँनेछन् । बाँकि दुई उम्मेद्वारले भने कुनै डेलिगेट्स प्राप्त गर्न सक्दैनन्। अझै पनि २ डेलिगेट भने अनिर्णित नै रहेका छन्।

प्रकाशित मिति: : 2024-01-16 08:02:00

प्रतिकृया दिनुहोस्