अर्घाखाँची पर्यटकीय केन्द्रकाे रुपमा विकास हुने कुरामा कुनै शङ्का छैन- प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्घाखाँची पर्यटकीय केन्द्रकाे रुपमा विकास हुने कुरामा कुनै शङ्का नरहेकाे बताएका छन्।

‘अर्घाखाँची पर्यटन प्रबर्द्धन कार्यक्रम- २०८०’काे उद्घाटन कार्यक्रमकाे उद्घाटनका लागि साेमबार बिहान सन्धिखर्क पुगेका प्रधानमन्त्री प्रचण्डले धार्मिक र पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेकाेले अर्घाखाँची पर्यटकीय केन्द्रकाे रूपमा विकास हुनेमा कुनै शङ्का नरहेकाे बताएका हुन्।

‘जिल्लाकाे दक्षिणकाे पर्यटकीय क्षेत्र लुम्बिनी, पूर्वमा पाल्पाकाे श्रीनगर, उत्तरमा गुल्मीकाे रेशुङ्गा र पश्चिममा प्युठानकाे स्वर्गद्वारीसहितका मनाेरम पर्यटकीय, एतिहासिक र धार्मिक अर्घाखाँची पर्यटकीय केन्द्रकाे रूपमा विकास हुनेमा कुने कुरामा शङ्का छैन’, प्रधानमन्त्री प्रचण्डले भने। अर्घाखाँची देशकै पर्यटन प्रवर्द्धन र अर्थतन्त्र विकासमा महत्वपूर्ण याेगदान रहने विश्वास लिएकाे उनकाे भनाइ थियाे।

जनयुद्धकालमा पनि पटक-पटक अर्घाखाँची आएकाे बताउँदै उनले सरकारमा रहँदा हाेस् वा सरकार बाहिर रहँदा हाेस् यहाँकाे विकासका लागि महत्वपूर्ण भूमिका खेलिरहेकाे उनले बताएका छन्।

उनले गाेरूसिंगे-सन्धिखर्क सडक खण्डकाे निर्माणका लागि आवश्यक बजेटकाे प्रवर्धन, अर्घाखाँची अस्पतालकाे थप जनशक्ति र प्रविधिसहितकाे उन्नति, पाणिनी बहुमुखी क्याम्पस, निर्माणाधीन अर्घा-भगवती विमानस्थल, सालझण्डी-सन्धिखर्क-ढाेरपाटक सडक, गच्छे-भालुवाङ सडकलगायतका रणनीतिक याेजनाहरू सम्पन्न गर्न संघीय सरकारकाे सहयाेग रहने उनले बताए।

त्यस्तै उनले जिल्लाका राजनीतिज्ञ, पत्रकार, कर्मचारी तथा सामाजिक संघ-संस्थाबीच विकास निर्माणमा देखिएकाे समन्वय तथा हार्दिकताबाट प्रभावित भएकाे उनकाे भनाइ थियाे। ‘विकासका काममा तपाईंहरूकाे सहकार्यकाे संस्कृतिबाट म विशेष रूपले प्रभावित भएकाे छु’, उनले भने, ‘सहकार्यकाे यस प्रकृतिकाे संस्कृतिले जिल्लाकाे विकासकाे निम्तिमात्र याेगदान हुने छैन, संघीय लाेकतान्त्रि गणतन्त्रकाे साैन्दर्यतालाई स्थापित गर्दै समाजवादीकाे आधारका निम्तिसमेत महत्वपूर्ण याेगदान गर्नेछ भन्ने मेराे विश्वास छ।’ 

भिडियाे :

प्रकाशित मिति: : 2024-01-15 13:59:00

प्रतिकृया दिनुहोस्