नेपाल युद्धस्थलका रुपमा प्रयोग हुने खतरा छः एमाले महासचिव पाखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाल युद्धस्थलका रुपमा प्रयोग हुन सक्ने खतरा बढेको बताएका छन्। गृहजिल्ला दाङ आएका उनले प्रेस चौतारी दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।

राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेको बताउँदै उनले भने, ‘एसियाभित्र द्वन्द्व सिर्जना गर्ने र दुई ठूला राज्य लडाउने भूमि नेपाल बन्ने खतरा छ।’ 

गठबन्धन सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल रहेको रहेको दाबी गर्दै उनले भने, ‘राज्यको गलत नीतिले मुलुक असफल बन्दैछ। तस्करी बढ्यो। मौद्रिक तरलता उत्पन्न छ। व्यवसाय धरापमा छन्। लगानीको वातावरण छैन।'

पोखरेलले  भारतीय राजदुतावाससँग २० करोडसम्मको बजेट उसले नै खर्च गर्न पाउने गरी गरिएको सहमति देशहीत बिपरित रहेको पनि बताए। 

प्रकाशित मिति: : 2024-01-14 10:54:00

प्रतिकृया दिनुहोस्