सत्ता गठबन्धनको बैठक बस्दै

सङ्क्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ।

राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आह्वान भएको छ।

प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ। बैठकमा सहभागी हुन नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्ने क्रम जारी छ।

बैठकमा गठबन्धनका उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा जिताउने विषयमा छलफल हुने बुझिएको छ।

प्रकाशित मिति: : 2024-01-14 09:37:00

प्रतिकृया दिनुहोस्