बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतकाे आदेश

जिल्ला अदालत सर्लाहीले हत्या र यौन हिंसाकाे आराेपमा पक्राउ परेका रामबहादुर बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बिहीबार न्यायाधीश विष्णु रेग्मीको इजलासले बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हाे।

जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले उनलाई बिहीबार अदालतमा पेस गरिएको थियाे।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो।

प्रकाशित मिति: : 2024-01-11 17:42:00

प्रतिकृया दिनुहोस्