मेरिल्याण्डमा सज्जनको कन्सर्ट, अमेरिकी राजदुत थम्पसनद्वारा दर्शकलाई स्वागत

अमेरिकाको मेरिल्याण्ड राज्यको सिल्भर स्प्रिंगस्थित फिल्मोरमा युवागायक सज्जनराज बैद्यले एकल प्रस्तुति दिएका छन्। करिव तीन घण्टामा २२ गीत गाएर दर्शकलाई मनोरञ्जन दिइएको कार्यक्रमका आकर्षण थिए, नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन । उनले दर्शकलाई स्वागत गर्दै आफू नेपालको लागि डेढ बर्षदेखि राजदूत रहेको बताएका थिए। उनले  दर्शकलाई मनोरञ्जन  लिन पनि हौसला प्रदान गरे। 

१०३ र १४५ डलरको टिकट राखिएको कार्यक्रम अमेरिकाकै सबैभन्दा महंगो टिकट भएको नेपाली कार्यक्रम रहेको आयोजक ई-पिक तथा एवरेस्ट इन्टरटेन्टमेन्टले दाबी गरेका छन्। 

डिसी महानगरक्षेत्रमा बिहानैदेखि भारी बर्षा र चिसो भए पनि पहिलै महंगो टिकट किनेका दर्शकको ठूलो संख्या कार्यक्रमस्थल पुगेको थियो। अमेरिकाका नेपाली कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहेको  फोटो सेसन र टिकटक सेसन यस कार्यक्रमको पनि एक अभिन्न हिस्सा थियो ।

कार्यक्रमको टाइटल प्रायोजक रियल्टर बिशाल कार्कीले गरेका थिए। अहिलेसम्म डिसी क्षेत्रमा आयोजना भएका कार्यक्रममध्ये यो कार्यक्रम नै सबैभन्दा उच्च राशीको भएको बताइएको छ। 

ठमेल न्यूयोर्क नामक संस्थाले गायक वैद्यलाई पहिलोपटक अमेरिका ल्याएको हो । आयोजकले अमेरिकाका बिभिन्न राज्यमा उनको कार्यक्रम व्यवस्था गर्ने जनाएको छ।  

प्रकाशित मिति: : 2024-01-07 21:52:00

प्रतिकृया दिनुहोस्