राष्ट्रियसभा निर्वाचनः भागबन्डा टुंग्याउन गठबन्धनको बैठक बालुवाटारमा जारी

फाइल तस्बिर
फाइल तस्बिर

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कुन दलले कति सिट पाउने भन्ने विषय टुंग्याउन सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। 

बैठकमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन्। 

शनिबार मध्यरातसम्म सत्ता बसेको बैठकमा सिट बाँडफाँड टुंगोमा पुग्न नसकेपछि आज पुनः बैठक बसेको हो। 

राष्ट्रियसभामा खालि हुँन लागेको १९ सिटका लागि आउने माघ ११ गते निर्वाचन हुँदैछ। 

प्रकाशित मिति: : 2024-01-07 10:16:00

प्रतिकृया दिनुहोस्