‘जुत्ता पोलिस’ गर्ने पसल खोल्न चाहन्छन् भने त्यो पनि उद्घाटन गर्न जान्छु- सुदन किराती

फाइल तस्विर
फाइल तस्विर

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले संगठित ढंगले खुलेका सबै व्यवसायहरुको उद्घाटन गर्ने घोषणा गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित याक चौरी कृषक महासंघको कार्यालय उद्घटन कार्यक्रममा सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले यस्तो घोषणा गरेका हुन्।

‘म चाहिँ यहाँदेखि सार्वजनिक गर्छु कि सबै उद्घाटन त गर्न म भ्याउँदिनँ, स्टार होटलहरु उद्घाटन गर्नु त मेरो दायित्वै पर्छ, क्षेत्रै पर्छ’, उनले भने, ‘अझै, यस्तो बेलामा कोही संगठित ढंगले हामी लाग्छौँ भनेर यो भन्दा पनि साना-साना कामहरु गर्न चाहन्छन्, म:म पसल खोल्न चाहन्छन्, पान पसल खोल्न चाहन्छन्, जुत्ता पोलिस गर्ने पसल पनि व्यवस्थित ढंगले खोल्न चाहन्छन् भने त्यो पनि उद्घाटन गर्न जान्छु म।’

उनले व्यवसाय गर्ने युवालाई सहयोग गर्ने बताए।

भिडियो:

प्रकाशित मिति: : 2024-01-06 13:29:00

प्रतिकृया दिनुहोस्