‘भजन’ गाएर ‘टप’ गायिका बनेकी नेहा कक्कड (तस्बिरसहित)

बलिउडकी चर्चित गायिका हुन्, नेहा कक्कड। उनले बलिउडलाई एकसे एक हिट गीत दिएकी छन्। अहिले उनी एउटै गीत गाएकाे लाखाैं रूपैयाँ लिन्छिन्। र, महँगाे फ्ल्याटमा जीवन बिताइरहेकी छिन्।

तर अहिले लक्जरी जीन्दगी बिताउने नेहा कुनैबेला गरिब थिइन्। दुई छाक टार्नका लागि पनि उनलाई ध्याउध्याउ पर्थ्याे।

कुनैबेला अभिनेता हिमांश कोहलीसँगकाे प्रेम सम्बन्ध टुटेर चर्चा बटुलेकी नेहा स्वंयले नै आफ्नो संघर्षको कथा बताएकी थिइन्।

सन् २०१७ सालको ‘इण्डियन आइडल’ मा उनले भनेकी थिइन्, ‘बुबा, स्कुलमा समोसा बेच्नुहुन्थ्यो।’ आफ्नो कथा सुनाउँदै भावुक भएकी थिइन् उनी।

आँखाभरि आँसु झार्दै नेहाले भनेकी थिइन्, ‘म सानो छँदा मेरो परिवारको अवस्था राम्रो थिएन। मेरी बहिनी सोनु कक्कड पढ्ने स्कुलमा बुबा समोसा बेच्नुहुन्थ्यो।’

भजन गाउने नेहा कसरी भइन् टप सिंगर? 

 नेहाको जन्म ६ जुन १९८८ मा उत्तराखण्डको ऋषिकेशमा भएको थियो।

नेहाले ४ वर्षको उमेरदेखि नै गीत गाउन थालेकी थिइन्। उनी देवी जागरण र माताकी चौकीमा आफ्नी जेठी बहिनी सोनु कक्कडसँग भजन गाउने गर्थिन्। पछि नेहा आफ्नी बहिनी र परिवारसँग दिल्ली बसाई सरिन्।

त्यहीबाट उनले न्यू होली पब्लिक स्कूलबाट आफ्नो प्रारम्भिक अध्ययन पूरा गरिन्।  नेहाले स्कुलमा पढ्दै गर्दा 'इन्डियन आइडल'मा भाग लिने मौका पाएकी थिइन्।

जब नेहा कक्षा ११ मा पढ्थिन्, उनी एक प्रतियोगीको रूपमा शोको हिस्सा बनिन्।

माताकी चौकीमा गाएकी नेहा 'इन्डियन आइडल'को फाइनलमा पुगेकी थिइन्, यद्यपि उनले उपाधि जित्न सकिनन्। यसपछि नेहाले सन् २००८ मा आफ्नो एल्बम (नेहा था रक स्टार) सार्वजनिक गरेकी थिइन्।

नेहाको पहिलो हिट गीत सेकेन्ड ह्यान्ड जवानी (ककटेल) थियो, तर उनी फिल्म यारियांको 'सन्नी-सन्नी' गीतबाट चर्चित भइन्।

नेहाकी बहिनी पनि बलिउडकी गायिका हुन्। उनले 'बाबुजी जारा धीरे चलो' जस्ता धेरै चर्चित गीतहरू पनि गाएकी छिन्। स्टार बनेपछि पनि सोनु र नेहा सँगै जागरण र माता की चौकीको हिस्सा बनेका छन्। 

नेहाका भाइ टोनी कक्कड पनि संगीतकार हुन्। उनले अहिलेसम्म बलिउड र नेहाका लागि धेरै गीत रचना गरिसकेका छन्।

कुनैबेला गरिबीकाे रेखामुनि रहेकाे नेहाकाे परिवार अहिले खुसी छन्। र लक्जरी जीवन बिताइरहेका छन्। 

प्रकाशित मिति: : 2024-01-05 20:00:00

प्रतिकृया दिनुहोस्