प्रतिस्णा रेग्मी
गौशाला २६ लाई बलात्कार गर्ने क्रिकेटर सन्दीप लामिछाने अझै पनि नेपालको राष्ट्रिय टिममै छन्।
लामिछाने दोषी ठहर भएको हप्ता दिन पुगेको भए पनि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कार्वाही गर्न सकेको छैन। पुस १३ गते उनलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्धामा दोषि ठहर गरेको थियो।
बलात्कार आरोप मात्र लाग्दा राष्ट्रिय टोलिका कप्तानसमेत रहेका लामिछानेलाई क्यानले निलम्बन गरेको थियो। तर अहिले दोषि ठहर भएको हप्ता दिनसम्म पनि क्यान अनिर्णित बनेको छ।
क्यानका सचिव पारस खड्काले अहिलेसम्म सन्दिपका विषयमा कुनै निर्णय गर्न नसकेको बताए। उनले भने ‘सन्दीपका विषयमा हाम्रो कानुनी सल्लाहकारले सन्दीपको वकिललसँग छलफल गरिरहनु भएको छ। अदालतले पुस २५मा जे फैसला गर्छ त्यसपछि हामी आधिकारिक निर्णय गछौँ।’
१३ गते अदालतले सन्दीपलाई दोषी ठहर गरेको भए पनि सजाय तोकेको छैन। त्यसका लागि यही पुस २५ गते पेशी तोकिएको छ।
सन्दीपविरुद्ध गत वर्ष भदौ २१ गते बलात्कार गरेको उजुरी परेको थियो।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया