प्रतिस्णा रेग्मी
गौशाला २६ लाई बलात्कार गर्ने क्रिकेटर सन्दीप लामिछाने अझै पनि नेपालको राष्ट्रिय टिममै छन्।
लामिछाने दोषी ठहर भएको हप्ता दिन पुगेको भए पनि नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई कार्वाही गर्न सकेको छैन। पुस १३ गते उनलाई जिल्ला अदालत काठमाडौँले बलात्कार मुद्धामा दोषि ठहर गरेको थियो।
बलात्कार आरोप मात्र लाग्दा राष्ट्रिय टोलिका कप्तानसमेत रहेका लामिछानेलाई क्यानले निलम्बन गरेको थियो। तर अहिले दोषि ठहर भएको हप्ता दिनसम्म पनि क्यान अनिर्णित बनेको छ।
क्यानका सचिव पारस खड्काले अहिलेसम्म सन्दिपका विषयमा कुनै निर्णय गर्न नसकेको बताए। उनले भने ‘सन्दीपका विषयमा हाम्रो कानुनी सल्लाहकारले सन्दीपको वकिललसँग छलफल गरिरहनु भएको छ। अदालतले पुस २५मा जे फैसला गर्छ त्यसपछि हामी आधिकारिक निर्णय गछौँ।’
१३ गते अदालतले सन्दीपलाई दोषी ठहर गरेको भए पनि सजाय तोकेको छैन। त्यसका लागि यही पुस २५ गते पेशी तोकिएको छ।
सन्दीपविरुद्ध गत वर्ष भदौ २१ गते बलात्कार गरेको उजुरी परेको थियो।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया