काठमाडौँ जिल्ला अदालतबाट एक थुनुवा फरार भएका छन्।
प्रहरी वृत्त महाराजगञ्जमा रहेका ३२ वर्षीय विमल खड्का बुधबार अदालतबाट हत्कडीसहित फरार भएका हुन्।
उनी डलर ठगी मुद्दामा पक्राउ परेका थिए। उनलाई प्रहरीले म्याद थपका लागि अदालतमा लिएको थियो। सोही समयमा प्रहरीको आँखा छलेर भागेका हुन्।