त्यो एक फिल्मले बचायो अमिताभ बच्चनको ‘करिअर’

तस्बिर: सामाजिक सञ्जाल
तस्बिर: सामाजिक सञ्जाल

अहिले बलिउडका महानायक बनेका छन् अमिताभ बच्चन। तर कुनैबेला त्यस्ताे समय पनि थियाे, जतिबेला उनकाे करिअर ओरालो लागिरहेको थियो।

सन् १९९९ सम्ममा बच्चनको फिल्मी करियर खराब मोडबाट गुज्रिरहेको थियो। एकातर्फ उनका फिल्महरू एकपछि अर्को गर्दै फ्लप साबित भइरहेकाे थियाे भने अर्कोतर्फ उनको आफ्नै कम्पनी 'अमिताभ बच्चन कर्पोरेसन लिमिटेड' दिवालिया हुने संघारमा थियो। अमिताभ बच्चन बिख्रिएका थिए।

उनी तनावमा बाँच्न थाले।

तर त्यो कठिन समयमा अमिताभ बच्चनले आफ्ना मित्र तथा बलिउडका प्रख्यात निर्माता–निर्देशक यश चोपडालाई सम्झे।

यसअघि पनि एक पटक अमिताभ बच्चन हिन्दी फिल्म उद्योगमा संघर्ष गरिरहेका बेला यश चोपडाले उनलाई सहयोग गरेर फिल्म 'दिवार'मा भूमिका दिएका थिए।

दीवार सुपरहिट साबित भयो र अमिताभ बच्चनको एंग्री यंग म्यान छवि डेब्यू भयो। अमिताभ बच्चनलाई फेरि एकपटक यश चोपडाको कम्पनी चाहिएको थियो।

जब अमिताभ बच्चन निर्देशक यश चोपडाको घरमा पुगे र यश चोपडालाई आफ्नो समस्या सुनाए, तब यश चोपडाले केही समय पत्याएनन्। किनभने अमिताभ बच्चनजस्तो सुपरहिट हिराेले आफूसँग काम छैन र आफू दिवालिया हुने संघारमा उभिएरेकाे कुरा विश्वास गर्ने सकेनन्।

जब अमिताभ बच्चनले यश चोपडालाई आफ्नो अवस्थाबारे सुनाए, तब यश चोपडा भावुक भए। उनले अमिताभ बच्चनलाई सक्दो सहयोग गर्ने आश्वासन दिलाए।

जब यश चोपडाका छोरा आदित्य चोपडाले आफ्नो फिल्म 'मोहब्बतें' सुरु गरे, यश चोपडाले अमिताभ बच्चनलाई त्यो फिल्ममा भूमिका दिए।

अमिताभ बच्चनले कडा मेहनत र लगनशीलताका साथ काम गरे। फिल्म 'मोहब्बतें' सुपरहिट साबित भयो र यो फिल्मले अमिताभ बच्चनको गुमेको आत्मविश्वासलाई फिर्ता दिलायाे।

अमिताभ बच्चनलाई यस चलचित्रमा उनको उत्कृष्ट अभिनयको लागि सर्वश्रेष्ठ सहायक अभिनेताको फिल्मफेयर पुरस्कारबाट सम्मानित गरिएको थियो।

यसरी अमिताभ बच्चनको फिल्मी करियरका लागि फिल्म 'मोहब्बतें' महत्वपूर्ण साबित भयो र अमिताभ बच्चनको करियरमा यश चोपडाले संजीवनी बुटीको भूमिका निभाए। 

प्रकाशित मिति: : 2024-01-03 20:15:00

प्रतिकृया दिनुहोस्