‘धोती दिवस’ मनाउन माइतीघर पुगेकाहरूमाथि प्रहरी हस्तक्षेप 

शनि शाक्य

काठमाडौं

हरेक वर्ष जनवरी १ तारिखका दिन मनाइने ‘धोती दिवस’ मनाउन माइतीघरमा भेला भएकाहरूमाथि प्रहरीले हस्तक्षेप गरेको छ। 

सोमबार बिहान विद्यार्थी जनमत संघका केही व्यक्तिहरु सेतो धोती लगाएर ब्यानरसहित माइतीघरमा भेला भएका थिए।

उनीहरुमाथि प्रहरीले निषेधित क्षेत्रमा कार्यक्रम नगर्न भन्दै हस्तक्षेप गरेको हो। प्रहरीले हस्तक्षेप गरेपछि युवाहरु र प्रहरीबीच धकेलाधकेल भएको छ।

 

प्रकाशित मिति: : 2024-01-01 09:59:00

प्रतिकृया दिनुहोस्