सरकारका वर्षदिन: राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) राष्ट्रका नाममा सम्बाेधन गर्दैछन्।

सरकार सम्हालेकाे एक वर्ष पुगेकाे अवसरमा प्रधानमन्त्री प्रचण्डले साँझ ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बाेधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गाेविन्द आचार्यले जानकारी दिए।

प्रचण्ड गत वर्ष आजकै दिन (पुस १०) एमालेलगायत पार्टीकाे समर्थनमा तेस्राेपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

प्रधानमन्त्री प्रचण्डले सम्बाेधनमा एक वर्षे कार्यकालकाे समीक्षा गर्ने र भावी रणनीतिबारे जानकारी दिने बताइएकाे छ। प्रधानमन्त्री प्रचण्डले पनि एक वर्ष पुगेकाे भाेलिपल्ट अर्थात पुस ११ बाट थप नयाँ ढङ्गले काम गर्ने बताएका छन्।

प्रकाशित मिति: : 2023-12-26 08:01:00

प्रतिकृया दिनुहोस्