हत्या अभियोगमा सफाइ पाएका कोइरीकाे निलम्बन फुकुवा

File Photo
File Photo

नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीकाे निलम्बन फुकुवा भएकाे छ।

आइतबार संसद् सचिवालयले कोइरीकाे निलम्बन फुकुवा गरेकाे कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिए।

गत वर्षकाे निर्वाचनमा महोत्तरी–१ बाट निर्वाचित कोइरीमाथि मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन विकको हत्या आरोप लागेकाे थियाे।

हत्या आरोपमा अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार भएका कोइरी गत वैशाख १९ गते निलम्बनमा परेका थिए।

जिल्ला अदालत महोत्तरीले मंसिर २८ गते थमन विक हत्याको मुद्दामा कोइरीलाई सफाइ दिएकाे थियाे। 

प्रकाशित मिति: : 2023-12-24 17:33:00

प्रतिकृया दिनुहोस्