एमालेकाे सरकारले गरेका कामहरू स्थलगत रूपमा जाँदाे देखिनेरहेछ: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टीकाे सरकारले गरेका कामहरू स्थलगत रूपमा देखिने गरी भएकाे बताएका छन्। 

मध्यपहाडी संकल्प यात्राबारेमा एमालेले आइतबारआयाेजना गरेकाे सञ्चारकर्मीसँगकाे संवादका क्रममा उनले यस्ताे बताएका हुन्।  

‘एमालेका सरकार हुँदा राजनीतिक हिसाबले कतिपयलाई मन नपर्नु बेग्लै हाे तर यथार्थमा एमालेकाे सरकारले हरेक क्षेत्रमा जुन काम गरेकाे छ, ती कामहरू स्थलगत रूपमा जाँदाे देखिनेरहेछ’, उनले भने। 

उनले राजनीतिक रूपमा हटाउपर्ने असमानता भएपनि पहिलाभन्दा अहिले विकास पुगेकाे बताए। 

प्रकाशित मिति: : 2023-12-24 13:53:00

प्रतिकृया दिनुहोस्