झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राकाबारेमा आज एमालेले पत्रकार सम्मेलन गर्दै 

नेकपा एमाले गरेको झुलाघाट–चिवाभन्ज्याङ संकल्प यात्राकाबारेमा आज (आइतबार) पत्रकार सम्मेलन गर्दैछन्। दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा पत्रकार सम्मेलन हुने एमालेले जनाएको छ। 

सम्मृद्विको लागि संकल्प यात्रा नाम दिएर एमालेले गत मंसिर १४ गते बैतडीको झुलाघाटबाट मध्यपहाडी यात्रा गरेको थियो। 

१८‍औँ दिनसम्म भएको संकल्प यात्रा पुस १मा समापन भएको थियो। यात्राका क्रममा एमालेले मध्यपहाडी राजमार्गमा पर्ने २६ जिल्लाका ३० स्थानमा सभा गरेको थियो। 

प्रकाशित मिति: : 2023-12-24 08:14:00

प्रतिकृया दिनुहोस्