घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक

कवि घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ कविता संग्रह सार्वजनिक भएको छ। काठमाडौँमा शनिबार एक कार्यक्रमकाबीचमा उनले कविता संग्रह सार्वजनिक गरेका हुन्।

उनको यो पहिलो कविता संग्रह हो। बिएन पुस्तक संसारबाट प्रकाशित कविता संग्रहमा ६६ वटा कविता संग्रहित छन्। प्युठानको स्वर्गद्वारीमा जन्मिएका उनले कथा, निबन्ध पनि लेख्छन्।

साठीको दशकको अन्यतिरबाट कविता लेख्न थालेका अस्तित्व विभिन्न साहित्यक पुरस्कारबाट पुरस्कृत भएका छन्।

प्रकाशित मिति: : 2023-12-23 18:51:00

प्रतिकृया दिनुहोस्