माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

File Photo
File Photo

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज (मंगलबार) अपराह्न ३ बजे बस्दैछ।

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुनेछ।

प्रकाशित मिति: : 2023-12-19 09:54:00

प्रतिकृया दिनुहोस्