एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

फाइल तस्बिर
फाइल तस्बिर

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ। यसअघि मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको  एकीकृत समाजवादीकाे सचिवालयले जानकारी दिएकाे छ।

उनका अनुसार बैठक आज र भोलि बस्ने पार्टी प्रचार विभागले जनाएको छ। बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बताएकाे छ।

बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने छ।

प्रकाशित मिति: : 2023-12-18 07:13:00

प्रतिकृया दिनुहोस्