चिवाभञ्ज्याङ पुगेर सकियाे एमालेकाे संकल्प यात्रा

नेकपा (एमाले)काे संकल्प यात्रा समापन भएकाे छ।

गत मंसिर १४ गते बैतडीकाे झुलाघाटबाट सुरु भएकाे संकल्प यात्रा आज (आइतबार) पाँचथरकाे चिवाभञ्ज्याङ पुगेर सकिएकाे हाे।

अध्यक्ष केपी शर्मा ओलीले जङ्गेपिलरमा राष्ट्रिय झन्डा फहराएर यात्रा समापन गरे।

यात्रा १८‍औँ दिनमा समापन भएकाे हाे। त्यस क्रममा एमालेले मध्यपहाडी राजमार्गमा पर्ने २६ जिल्लाका ३० स्थानमा सभा गरेकाे थियाे।

यात्राकाे क्रममा जनताकाे समस्या, आशा, अपेक्षाहरु टिपाेट गरेका अध्यक्ष ओलीले बताए। जनताका सबै समस्या समाधान गर्न एमाले सक्षम रहेकाे ओलीकाे भनाइ छ।

चिवाभञ्ज्याङमा समापन कार्यक्रममा बाेल्दै ओलीले वर्तमान सरकार असफल भएकाे टिप्पणी गरे। उनले आगामी निर्वाचनपछि एमालेले एकल बहुमतकाे सरकार बनाउने दाबी गरे।

प्रकाशित मिति: : 2023-12-17 14:32:00

प्रतिकृया दिनुहोस्