नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण रिहा भएका छन्।
बिहीबार उच्च अदालत पाटनले खाँणलाई ३० लाख धरौटीमा छोड्न आदेश दिएको थियो। शुक्रबार (आज) उनले धरौटी बुझाएपछि रिहा भएका हुन्।
उनले जिल्ला अदालत काठमाडौंमा ३० लाख र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा १५ लाख रुपैयाँ गरी ४५ लाख धरौटी बुझाएका छन्।
उनलाई देउवा सरकारका बेला गृहमन्त्री हुँदा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिराेहसँग साँठगाँठ रहेकाे आराेपमा प्रहरीले गत वैशाख २७ गते पक्राउ गरेकाे थियाे।
जिल्ला अदालत काठमाडाैँले उनीसहित २० जनालाई पुर्पक्षकाे लागि थुनामा पठाएकाे थियाे।
खाँण काठमाडाैँ जिल्ला अदालतकाे फैसनाविरुद्ध उच्च पाटनमा गएका थिए। जिल्ला अदालत पाटनले उक्त मुन्दामा बिहीबार फैसला सुनाएर खाँडलाई धराैटीमा छाड्न आदेश दिएकाे थियाे।